टापूमा हुन्थ्यो सुशान्तको ड्रग्स पार्टी, सहभागी हुन्थे सारा अली खानदेखि श्रद्धा कपूरसम्म

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणका बारेमा अहिलेसम्म अनुसन्धान भईरहेको छ ।

हरेक दिन जसो नयाँ खुलासा भईरहेका छन् । अभिनेता सिंहले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

यसैबीच उनको ड्रग्स पार्टीमा बलिउड अभिनेत्री सारा अली खान, श्रद्धा कपूर देखि सिमोन र रकुल समेत सहभागी हुने गरेको पत्ता लागेको छ ।

सुशान्तको फार्म हाउर र पवना डेममा बनेको टापूमा उनीहरुको पार्टी हुने गरेको बताइएको छ । अहिले एनसीबीले त्यहाँ अनुसन्धान गरिरहेको छ ।

सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले यस बारेमा बताएकी हुन् । उनले सुशान्तसँग सारा अली खान ५ पटक जति र श्रद्धा पनि धेरै पटक आईसकेको बताएकी छन् ।

उनीहरुबाहेक दीपेश सावन्त, स्यामूअल मिराण्डा, शोविक, जैद पनि त्यहाँ जाने गरेको पत्ता लागेको छ । उनीहरुको त्यहाँ नसावाला पार्टी मात्र हुने गर्दथ्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?