काठमाडौं – कोरोना भाइरस ‘कोभिड- १९’ को संक्रमण जोखिमका कारण सावधानीस्वरुप बन्द गरिएका विभिन्न क्षेत्रहरु सञ्चालनको लागि सरकारले तयारी थालेको छ।
गत वर्ष चैतदेखि लगाईएको लकडाउन र पछिल्लो समयको निषेधाज्ञाका कारण ६ महिनायता विद्यालय, सिनेमा हल देखि होटल, रेष्टुराँ, जिम हल, ब्यूटि पार्लर, खेलकुद गतिविधि, स्वीमिङ पुल, मन्दिर, चिडियाघर लगायत विभिन्न ‘सेक्टर’ पूर्ण रुपमा बन्द छन् ।
गत असारदेखि रेस्टुरेन्टलाई ‘टेक अबे’ को लागि अनुमति दिईएको थियो तर सार्वजनिक सवारी आवतजावतमा जोर – बिजोर प्रणाली लागू भएका कारण र काठमाडौं उपत्यकासहित घना बस्ती भएका सहरमा बढेको कोरोनाको दरका कारण जारी निषेधाज्ञाका कारण यो सम्भव भएको थिएन ।
यसैबीच हिजो बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि लामो दुरीको यातायात सेवा र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । यसअघि सशर्त केहि अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन भइरहेका थिए ।

गत वर्ष चैत्रदेखि बन्द भएको लामो दूरीको सवारी साधन सञ्चालन र आन्तरिक हवाई उडान आउँदो असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को हिजो (सोमबार) साँझ बसेको बैठकले ‘कोभिड – १९’ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रस्ताव अनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।
यस्तै लामो समय लकडाउनका कारण एउटा शैक्षिक सत्र अन्यौलमा परेको छ । कतिपय स्कुलले बालबालिकालाई ‘अनलाईन माध्यमबाट’ पढाएको भएतापनि सबै क्षेत्र स्थानमा यो सम्भव छैन । यद्यपी सरकारले योजना बनाइरहेको असोज ५ पश्चात् विभिन्न क्षेत्र खोल्ने सम्बन्धमा शैक्षिक संस्था र सिनेमा घर राखिएको छैन ।

यी दुई वटा ‘सेक्टर’ (क्षेत्र) बाहेक अब अन्य सेवाहरु स्वास्थ्य मापदण्डका विभिन्न उपाय अबलम्बन गरेर सरकारले सञ्चालन अनुमति दिने तयारी गरेको छ ।
लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या झनै बढ्नु, मृतक थपिइरहनु आदीजस्ता कारणले सरकारले अब विकल्प सोच्नुभन्दा पनि स्वास्थ्य मापदण्डका विभिन्न सावधानी अपनाएर अघि बढ्ने सोच बनाएको हो ।
कोरोना भाइरस विरुद्धको भ्याक्सिन र औषधी अनिश्चितता भइरहँदा र नागरिकस्तरबाट चर्को दबाब आएका कारण पनि सरकार लकडाउन गरिरहने किसीमको मनस्थितीबाट ‘ब्याक’ भएको हो । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा असोज ५ गतेपछि विद्यालय र सिनेमा हल बाहेक अरु सबै क्षेत्र ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ कडाईका साथ पालना गरी सञ्चालनमा ल्याउने तयारीका सम्बन्धमा पनि छलफल भएको छ ।
कोरोना भाइरसकको संक्रमणका कारण गरिएको लकडाउन, जोरबिजोर प्रणाली, निषेधाज्ञाका कारण होटल, रेष्टुराँ, जिम हल, ब्युटि पार्लर, खेलकुद गतिविधि, स्वीमिङ पुल पूर्ण रुपमा संचालनमा आउन सकेका थिएनन्।
सरकारले असोज ५ पछि कुन – कुन क्षेत्र खुल्ला कसरी खुल्ला गर्ने भन्ने विषय छिट्टै प्रकाशित गर्ने बताइएको छ। थप विषय मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दा आउने बैठकमा सहभागि एक मन्त्रिले बताए ।
गत साउनमा मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तरजिल्ला यातायात सेवा र हवाई उडान खुला गर्ने भनिएको थियो । तर कोरोना संक्रमण दर तिव्र रुपमा बढ्न थालेसँगै सरकारले अन्तर जिल्ला यातायात सेवा र अन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको थियो । तर विदेशमा अलपत्र नेपाली उद्धारको लागि सरकारले अन्तर्राष्ट्रिय उडान जारी राखेको थियो ।
६ महिना लामो ‘सेफ्टी’ अपनाउँदा पनि कोरोना भाइरस संक्रमणको जोखिम नघटेको बरु अनेकन समस्याले गाँजेका कारण सवारी सञ्चालनको विकल्प नभएको भन्दै यातायात व्यवसायी र मजदुर संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले असोज १ गतेबाट सवारी सञ्चालन गर्ने भन्दै केहि दिनअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीसँग भेटेर छलफल गरेका थिए ।
वायुसेवा प्रदायक कम्पनीहरुले पनि सरकारलाई दबाव दिएका बढाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया