लामो दुरीको बस असोज ५ देखि सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तरजिल्ला लामो दुरीको यातायातका साधन र आन्तरिक हवाइ उडान असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

जनस्वास्थ्यको मापदण्ड अपनाएर दुवै सेवा सञ्चालन गर्न लागिएको हो ।

त्यस्तै आज बसेको बैठकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?