काठमाडौं – मन्त्रिपरिषद् बैठक शुरु भएको छ । साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मात्रै शुरु भएको हो ।
आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको कारण यो नियमित बैठक हो । तर आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने बताईएको छ ।
बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया