काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा पनि कुराकानी गरेका थिए ।
मन्त्रालयका उच्चअधिकारीलाईसँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुनेका हुन् । उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव पनि बाहिर आउनुपर्ने बताए ।
मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँ अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गरे ।
उनले कोरोनाबाट बच्नका लागि पूर्ववत जीवनशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिँदै देशभर यस्तो खालको सन्देश प्रवाह गर्नुपर्ने बताए । मन्त्री ढकालले कोरोनाबाट बच्नका लागि उच्च मनोबलको खाँचो रहेकामा जोड दँदै कोही पनि आतङ्कित हुन नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया