संकटका बेला दिनसक्नेले नहुनेलाई सहयोग गर्न नेता पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संकटका बेला दिनसक्नेहरूले नहुनेलाई सहयोग गर्न आग्रह गरेका छन् । नेता पौडेलले कोरोना महामारीसँग लढ्न सबै एकै ठाउँमा हुनुपर्नेमा समेत जोड दिएका छन् ।

धौलागीरी इन्नफिल्ड्स रोयल रोलर्स क्लबको हुनेले दिने र नहुनेले लिने अभियान अन्तर्गत सहयोग हस्तान्तरण कार्यक्रममा त्यस्तो बताएका हुन् ।

उक्त अभियानलाई तनहुँ भिमाद निवासी गणेश सुबेदीले नगद १ लाख रुपैयाँ सहयोग गरेका थिए । उनले नेता पौडेलमार्फत उक्त सहयोग रकम क्लबका अध्यक्षलाई हस्तान्तरण गरेको हुन् ।

नेता पौडेलले संकटमा फसेका र दिनसक्नेहरूले नहुनेलाई सहयोग गर्नु अत्यन्तै मानवीय कार्य भएको बताए । साथै सबैलाई क्लबको यो अभियानलाई सहयोग पुर्‍याउन अपिल समेत गरेका छन् ।

धौलागीरी इन्नफिल्ड्स रोयल रोलर्स क्लबले हुनेले दिने र नहुनेले लिने नाराका साथ कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । क्लबले सहयोग गर्नेहरुबाट संकलन गरी गरिव तथा विपन्न परिवारले सामान लिन सक्ने व्यवस्था गरेको छ ।

“बिना भेदभाव आवश्यता भएको जोकोहिले पनि राहत सामाग्री पाउने गरि व्यवस्थापन हुँदा अत्यन्त समस्या परेकाहरूलाई राहत पुग्छ।” नेता पौडेलले भने ।

लकडाउन तथा निषेधाज्ञाको कारण समस्यामा परेका गोंगबु क्षेत्रका बासिन्दाहरुलाई यो अभियानले रातह महसुस गराएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?