काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ९ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ । कुल संक्रमित मध्ये ७१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ७०१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ समेत गरी ४६३ जना महिला र ९९१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १४ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार ६३४ जना र संस्थागत आईसोलेसनमा ८ हजार २९१ जना छन् । तिमध्ये १७० जना संक्रमितको आईसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ७८ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी,सर्लाही, चितवन र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३२२ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया