नेकपा स्थायी कमिटी बैठक : केहिबेरमै बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । यद्यपी बैठक शुरु भएको केहिबेर मात्र बसेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।ओली बाहिरीएतापनि दाहालले बैठक सञ्चालन गरिरहेका छन् ।

बैठकमा पत्रकारहरुलाई भित्र जान दिइएको छैन ।

गत असार १० गतेदेखि शुरु भएर पटक – पटक रोकिँदै चरम विवादका बीच साउन १३ गतेदेखि स्थगित स्थायी कमिटी बैठक आज बसेको हो ।

आन्तरिक विवादमा अल्झेको सत्तारुढ पार्टीको पाँचौँ स्थायी कमिटी बैठक लामो समय स्थगित गरेपछि आज ११ बजेका लागि बोलाईएको थियो ।

गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।

यसअघि प्रकाशित यो पनि पढ्नुहोस् : 

शुरु भयो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, मिल्ला त कुरो ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?