सुशान्तको आत्महत्या ‘लाइभ टेलिकास्ट’ भएको खुलासा !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत १४ जूनको राति बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको आत्महत्या प्रकरणमा विभिन्न सवालहरु उठिरहेका छन् । हरेक दिन जसो नै नयाँ नयाँ रहस्य बाहिरि रहेका छन् ।

अहिले उनको केस सीबीआईले ह्याण्डिल गरिरहेको छ । यस केसमा मुख्य आरोपीको रुपमा सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीमाथि धेरै आरोप लागेका छन् ।

ड्रग्स कनेक्शनमा सहभागी बनेको स्विकारेपछि रियालाई अहिले १४ दिनका लागि जेलमा राखिएको छ ।

https://twitter.com/vibhor_anand/status/1303593252424048640?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1303593252424048640%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fhindi.webdunia.com%2Fbollywood-gossip%2Flawyer-claims-sushant-singh-rajputs-murder-was-telecast-live-via-dark-web-120091000067_1.html

यसैबीच पेशाले वकील बिभोर आनन्दले सुशान्त सिंह राजपूतको मर्डर गर्नेले उनको मृत्युको लाइभ टेलिकास्ट गरेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत एक ट्वीट गर्दै उनले सुशान्त सिंह राजपूत, दिशा सालियान र माइनर युवतीको मर्डरलाई डार्क वेबको माध्यमबाट सारा विश्वमा नै लाइभ टेलिकास्ट गरिएको बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?