काठमाडौँ, २३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताएका छन् ।वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताए । “सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो”, प्रधानमन्त्री ओलीले भने ।वाग्मती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताउँदै उनले वाग्मती सफाइसँगै यसलाई फोहर हुन नदिने विषयमा पनि जनचेतना जागृत गराउनुपर्ने बताए ।अभियन्ताले विसं २०७५ लाई नेपाल सफाइ वर्ष घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिए । वाग्मती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वाग्मती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया