ललितपुरको अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर । ललितपुरको अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६७ वर्षीय संक्रमितको मंगलवार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले बुधबार जानकारी दिएको छ ।

संक्रमित पुरुष मंगलबार नै अल्कामा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?