रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश दिने

लोकपथ
42
Shares

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांशमा करसमेत समावेश छ ।

लाभांश वितरणका लागि कम्पनीले आगामी असोज २२ गते ३२औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने निर्णय भएको छ ।

यसअनुसार असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?