काठमाडौंमा पब्जी मोबाइलको ‘साउथ एसिया फाइनल्स’ आयोजना हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन सञ्चालन गरिनेछ । उक्त क्षेत्रमा मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, विभिन्न प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायतका कार्यक्रम हुनेछन् ।

त्यसैगरी, प्रतियोगिता अवधिभर एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन गरिनेछ ।

चार दिनसम्म चल्ने प्रतियोगिताले गेमिङ प्रतिस्पर्धासँगै दर्शकलाई मनोरञ्जन, सहभागिता र नयाँ अनुभव प्रदान गर्ने आयोजकको विश्वास छ । यसले नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?