काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ध्यानाकर्षण पत्र बुझाउने र धर्ना बस्ने कार्यक्रम स्थगित गरेको छ ।
एन्फाले मंगलबारका लागि तय गरेको कार्यक्रम विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । कार्यक्रम स्थगित गर्नुको स्पष्ट कारण भने खुलाइएको छैन ।
फिफाले एन्फामाथि लगाएको निलम्बन फुकुवाका लागि पहल नभएको भन्दै राखेपको ध्यानाकर्षण गराउने एन्फाको तयारी थियो । त्यसपछि एक घण्टा धर्ना बस्ने कार्यक्रम पनि तय गरिएको थियो ।
गत असार ११ गते फिफाले एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
एन्फाले निलम्बन फुकुवाका लागि आफ्नो पहुँचमा पहल गर्न सक्ने अवस्था नरहेको र त्यसका लागि सरकारले कदम चाल्नुपर्ने बताउँदै आएको छ ।
यता, राखेप र शिक्षा तथा खेलकुद मन्त्रालयले फिफा तथा एसियाली फुटबल महासंघ (एएफसी) सँग निलम्बन फुकुवाका लागि छलफल भइरहेको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया