छुट्टाछुट्टै स्थानमा दुईजना महिलाको शव फेला

काठमाडौं – छुट्टाछुट्टै स्थानमा दुईजना महिलाको शव फेला परेको छ ।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गुल्मी र रोल्पामा महिलाको शव फेला परेको हो ।

गूल्मी चन्द्रकोट गाउँपालिका बडिगाड खोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको किनारमा नामथर नखुलेकी अन्दाजी ३० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनावारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय गुल्मी गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै रोल्पामा पनि एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिका १० धाङ्सी खोलाको बिचमा स्थानीय बर्ष ५९ की मनकला विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनी घरबाट कोहि कसैलाई जानकारी नगराई हिँडेकी थिईन् । जि.प्र.का रोल्पाबाट थप अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?