स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न छलफलमा जुटे नेकपा अध्यक्षद्वय

काठमाडौं – लामो समयदेखि स्थगित भएर आगामी भदौ २६ गते बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको तय गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

गत असार १० गतेदेखि जारी पार्टीको पाँचौँ स्थायी कमिटी बैठकमा आरोपप्रत्यारोप चलेपछि १० पटकभन्दा बढी स्थगित भईसकेको छ ।

यसपटकको स्थायी समिति बैठकमा विवाद समाधानका लागि लैजाने प्रस्तावका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको बताईएको छ ।

नेकपामा विवाद समाधानका लागि बनाइएको कार्यदलको प्रतिवेदनमाथि सचिवालयमा छलफल भइसकेको छ। त्यसलाई स्थायी कमिटीमा लैजाने तयारी रहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?