काठमाडौं । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ । एम्बाप्पे कोरोना पोजेटिभ आउने वाला सातौँ पेरिस सेन्ट जर्मनका खेलाडी हुन् ।
उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै नेशनल टिम म्यानेजमेण्टले सोमवार एम्बाप्पेलाई विश्वकप रनर अप क्रोएशिया विरुद्धको फ्रान्सको नेसन्स लीगबाट निकालेको छ ।
नेयमार गएको हप्ता संक्रमित हुने पहिलो प्लेयर थिए ।
नेयमार बाहेक एन्जेल डिमारिया, लिएन्ड्रो पारडेस, पीएसजीका गोलकिपर, स्पेनिश केयलोर नवास, ब्राजिलकै डिफेन्डर मक्यून्होस र अर्जेन्टीनी स्ट्राइकर मूरो इकार्डी पनि संक्रमित भएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया