स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाइनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।

उनको परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएसँगै उनी होम क्वारेन्टाइनमा रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार केहीदिन अघि मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिएको थियो ।

त्यससँगै उनी होम क्वारेन्टाइनमा रहेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?