राष्ट्रपतिको दोस्रो कार्यकालका लागि भण्डारीद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ, २३ फागुन –भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छिन् ।नयाँ वानेश्वरमा रहेको राष्ट्रपति निर्वाचनको सम्पर्क कार्यालयमा बुधबार मध्यान्ह भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने करीब निश्चित छ ।राष्ट्रपति निर्वाचन यही फागुन २९ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?