काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज चौथो पटक पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा गएराति भएको खेलमा जमैका ट्रीनबगो नाइट राइडर्ससँग १९ रानले पराजित भएको हो । खेलमा ट्रीनबगो नाइट राइडर्सले यस सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
नाइट राइडर्सले दिएको १८५ रनको विजय लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्र बनाउन सक्यो।
टस हारेर पहिले ब्याटिंग गरेको नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन जोडेको थियो । जमैकाले जित निकाल्न नसके पनि सन्दीपले खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले ४ ओभरमा २० रन दिएर एक विकेट लिएका थिए । यस सिजनमा हालसम्म सन्दीपले ७ खेलमा १० विकेट लिएका छन् ।
जितसँगै नाइट राइडर्स अपराजित हुँदै सबै ७ खेल जितेर १४ अंकसहित शीर्ष स्थानमा छ । जमैकाले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ । उसले ६ अंक जोड्दै चौथो स्थानमा रहेको छ । जमैकाले अर्को खेल विहिबार साँझ सेन्ट किट्स एण्ड नेभिसविरुद्ध खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया