काठमाडौं, २२ फागुन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।फोरमको पदाधिकारीको मंगलबार विहान बसेको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो । सरकारमा सहभागिताका विषयमा मंगलबार नै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी छ ।एमाले र माओवादी केन्द्रले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएपछि फोरम सरकारमा सहभागी हुन तयार भएको हो । यद्यपि मन्त्रालय भागबण्डामा सहमति नभएपछि सरकारमा सहभागिता अन्योलमा पर्दैै आएको थियो ।वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री दिने प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुख आफ्नो पार्टीलाई दिन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया