काठमाडौं । बाग्मती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छिन् । उनमा गत भदौ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आफू १४ दिन होम आइसोलेसनमा बसी आइतवार कोरोना मुक्त भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन् । उनीसँगै उनको छोरामा समेत कोरोना पुष्टि भएको र पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै कोरोना मुक्त भएको बताइन् । साथै कोरोना संक्रमणका बेला आफूलाई स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः
चौध दिन होम आईशोलेशनको बसाई पछि हिजो हामी आमा छोराको PCRरिपोर्ट निगेटिभ आएको छ । यस बीचमा मेरो स्वास्थ्यको चिन्ता र सदभादसहित स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति आभारसहित हार्दिक धन्यवाद दिन चाहान्छु । अत्यधिक चापका कारण धेरै महानुभावहरुको फोन रिसिभ गर्न सकिन । साथै मोवाइल र फेसबुक मेसेजहरु पनि फर्काउन सकिन । यस प्रति माफी चाहान्छु । राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्व देखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना तथा भाइसरको असरबाट बच्ने उपाय र सुझाव दिनु भएको छ । मेरो लागि कोरोनो आतंकबाट मुक्त हुने मुख्य औषधी नै त्यही बनेको छ । यहाँहरुको अथाह माया र सदभावप्रति सधैं रिणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौंडास्थित स्वास्थ्य निकाय, संसद सचिवालय र विशेष गरी आफैंलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकिय सचिवालय र परिवारका सदस्य सबै प्रति कृतज्ञ छु ।
कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय हो । यदि संक्रमण भैहालेमा आतंकित नभइ आवश्यक स्वास्थ्य विधी अवल्बन गरिनु पर्दछ । मुख्य गरी कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्ने हो, सामाजिक रुपमा दुरी बढाउने वा तिरस्कृत गर्ने भन्दा पनि सामाजिक सदभाव बढाउन आवश्यक ठान्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया