काठमाडौं । कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन र निषेधाज्ञालाई मात्रै विकल्पको रुपमा अघि सारेको भन्दै नेपाली काँग्रेस ( वीपी) ले विरोध गरेको छ ।
सो पार्टीले आइतबार एक अपील जारी गर्दै जनता निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण रोगले भन्दा पनि भोकले मर्ने दिन आउन लागेको भन्दै सरकारको विरोधस्वरुप भीख मागेर दैनिक ज्याला मजदुरी गर्ने मजदुर, विद्यार्थी तथा निम्न वर्गलाई राहत वितरण गर्ने जनाएको छ ।
पार्टीका महामन्त्री सुशीलमान शेरचनको नेतृत्वमा सोमवार बालुवाटार क्षेत्रमा भीख मागेर राहत वितरण गर्ने अपीलमा जनाइएको छ । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि पार्टीको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया