काठमाडौं । इंग्ल्याण्डमा ६ महिना पछि दर्शकहरु फुटबल स्टेडियममा फर्किएका छन् ।
शनिवार चेल्सी र ब्राइटनको बीचा एमेक्स स्टेडियममा भएका प्री सिजन फ्रेण्डली म्याचमा ढाई हजार दर्शक आएका थिए ।
दुबै टिमको बीचमा भएको यो प्रीतस्पद्र्धा ११ को बारबरीमा समेटिएको थियो ।
चेल्सीका लागि टीमो वार्नर र ब्राइटनको लागि पास्कलले पेनाल्टीको माध्यमबाट गोल गरेका थिए ।

सोसल डिस्टेन्सिङको प्रोटोकलको पालना गर्नको लागि स्टेडियममा फ्यान्सहरुलाई टाढा टाढा बसाईएको थियो ।
एकबाट अर्कोको बीचमा तीन वटा कुर्सी खाली थिए । दर्शकहरुले हरेक समयमा मास्क लगाएका थिए ।

स्टेडियममा इन्ट्री गरेकाको तापक्रम चेक गरिएको थियो । साथै स्टेडियममा ब्याग लान रोक लगाइएको थियो ।
जसको नाममा टिकट थियो उसैलाई मात्र स्टेडियममा इन्ट्री दिइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया