माओवादीसँग एकता भए पनि म जबज छाड्न सक्दिन : वामदेव गौतम

काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद (जबज) लाई छाड्न नसक्ने बताएका छन् ।शहीद यदुकुमार गौतमको १९औँ स्मृतिसभालाई आज सम्बोधन गर्दै उनले जबज संसारकै उत्कृष्ट विचारधारा भएको जिकिर गरे । “नेकपा (माओवादी केन्द्र)सँग एकता भए पनि म जबज छाड्न सक्दिन”, उनले भने ।उनले अहिलेसम्म माओवादी केन्द्रसँगको एकताको आधार नै जबज रहेको स्पष्ट गरे । उनले शहीद गौतमले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानलाई भुल्न नसकिने बताउँदै गौतमको हत्या गरेर तत्कालीन माओवादीले गल्ती गरेको आरोप लगाए । यदुको विसं २०५५ फागुन २१ गते रुकुममा तत्कालीन माओवादीबाट हत्या गरिएको थियो । त्यतिबेला उनी एमाले जिल्ला सचिव थिए ।कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गौतमको हत्या पार्टीको निर्देशनमा नभई स्थानीयस्तरबाट भएको बताउँदै यदुको हत्यामा पार्टीले गल्ती स्वीकार गरिसकेको बताए ।कार्यक्रममा यदुकी श्रीमती तीर्थाले पतिको हत्या के कारण भएको हो भन्ने अहिलेसम्म थाहा नपाएको बताउँदै अहिले दुई पार्टी एक हुन थालेकामा आफूलाई खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?