काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण अहिलेसम्म साम्य बनिसकेको छैन ।
अहिलेसम्म पनि बलिउड उक्त घटनाले तहसनहस छ । यसैबीच सुशान्तको आत्महत्याको विषयलाई लिएर उनकी प्रेमिका तथा बलिउड अभिनेतत्री रिया चक्रवर्तीविरुद्ध विभिन्न आरोपहरु लागि रहेका छन् ।
यसैबीच रियाले एक भारतीय सञ्चारमाध्यमसँगको पहिलो अन्तर्वाताका क्रममा आफ्नो दुखेसो पोखेकी छन् ।
उनले भनिन्, ‘सन् २०१३ मा मेरो पहिलो फिल्म रिलिज हुँदै थियो, र सुशान्तको पो चे रिलिज भईरहेको थियो । हामी यशराजको जिममा मिलेका थियौँ । त्यो बेला हामी भेटि नै रहन्थ्यौँ र राम्रोसँग कुरा हुन्थ्यो, एक अर्कासँग दुखका कुरा साटासाट गर्दथ्यौँ, फेरि सन् २०१९ को १३ अप््िरलमा हाम्रो भेट रोहिणी अइयरको पार्टीमा भएको थियो, त्यसबाट नै हाम्रो रिलेशन शुरु भयो, हामी दुबैले मायाँ प्रेम गर्न थाल्यौँ, सुशान्तले मलाई एक दिनमै मायाँ बसेको बताएको थियो, तर मैले दुई तीन महिना लिन्छु भनेकी थिएँ, त्यहि समयमा भनेको आई लभ यूको परिणाम मैले आज यसरी भोग्नुपर्छ भन्ने मलाई के थाहा थियो र ? मैले त्यो बेला पनि भनेकी थिएँ, यो ठूलो कुरा हो, म समय लिन्छु ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया