मंगलबार प्रधानमन्त्री निवासमा स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, २१ फागुन- नेकपा एमालेले मंगलबारको लागि स्थायी कमिटी बैठक बोलाएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।मङ्सिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि केन्द्र र प्रादेशिक सरकार गठनसँगै मुलुकले चाँडै नयाँ राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुख पनि पाउँदैछ । विशेषगरी यही विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?