काठमाडौं, २१ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका प्रारम्भिक आधारमा हस्ताक्षर समेत भइसकेका बेला एमाले अध्यक्ष केपी ओलीले पुनः जबजमा फर्किने संकेत गरेका छन् ।पार्टी एकताको आधारमा एमालेको जबज र माओवादी केन्द्रको २१ औं शताब्दीको जनवाद र माओवाद महाधिवेशनमा छलफल गर्ने उल्लेख छ । तर प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतापछि जनताको बहुदलीय जनवादको कार्यदिशाबाटै अघि बढ्ने बताएका छन् ।४५ औं सहिद स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई पार्टीबीच चाँडै एकता हुने र बहुदलीय जनवादको कार्यदिशाबाट अघि बढ्ने बताए ।पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले वाम एकता नचाहनेलाई चाँडै एकता गरेर सरप्राईज दिने बताए । मुलुक अब कम्युनिस्ट पार्टीले नै चलाउने उनको भनाइ थियो ।वाम गठबन्धनले बहुमत ल्याएको उल्लेख गर्दै उनले बहुमतको सरकारले आफ्नो निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्दै मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अठोट व्यक्त गरे ।प्रधानमन्त्री ओलीले क्रान्तिमा होमिएका सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजवंशी, कृष्ण कुईंकेल र नारायण श्रेष्ठले देखाएको बाटोबाटै मुलुकमा गणतन्त्र आएको उनको दाबी थियो ।२०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पन्चायती शासकले जेल सार्ने बाहनामा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेका थिए । सोही दिनको सम्झनामा एमालेले फागुन २१ गतेलाई सहिद स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया