भ्रष्टाचारीलाई कारवाही नगरि प्रधानमन्त्री निरिह र कर्तव्य विमुढ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)का अध्यक्ष कमल थापाले भ्रष्टाचारीलाई कारवाही नगरी प्रधानमन्त्री निरिह र कर्तब्य विमुढ भएको आरोप लगाएका छन् ।

थापाले विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचारको बारे त्यस्तो आरोप लगाएका हुन् ।

त्यसै विषयमा आज अध्यक्ष थापाले सामाजिक संजालमा लेखेका छन्, “कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेलि सार्वजनिक गरिएको छ । विश्वबैंकले पदाधिकारीको नाम समेत किटान गरी कारबाहीको लागि सरकार ध्यान आकर्षित गरेको छ । खुलेआम भईरहेको ब्रम्हलुटको किन छानविन हुँदैन ? प्रधानमन्त्री किन निरिह र किं कर्तब्य विमुढ हुनुहुन्छ ?” भनि प्रश्न समेत गरेका छन् ।

विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको अनियमितताको चरम रुप विश्व बैंककै छानबिनले उजागर गरेको छ ।

अनियमितताको सांगोपांगो चित्र देखाएको विश्व बैंकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?