डोटी, २१ फागुन । ७ नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन् ।नेपालको संविधानको धारा १६८(४) अनुसार दुई वा सो भन्दा बढी दलहरुको सहमतिमा नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने नियम अनुसार मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।प्रदेशसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत भएकाले भट्टले तोकिएको समयभन्दा अगावै विश्वासको मत लिन लागेका छन् ।प्रदेशसभा सचिवालयका अनुसार, बैठक अहिले दिउँसो २ बजे बस्नेछ ।माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका भट्ट गत फागुन ३ गते प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ र माओवादीका १४ गरी ३९ सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया