सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गोविन्द रञ्जितको निधनप्रति दुःख व्यक्त गरेका छन् । कांग्रेस काठमाडौं महानगरपालिका वडा–२१ कार्यसमितिका सभापति रञ्जितको उपचारका क्रममा आज ६७ वर्षको उमेरमा बिहान निधन भएको हो ।

सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०३६ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नुएका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?