रेशम चौधरी हिरासतमा अनशन, नवराज सिलवाल संसद भवन

काठमाडौं, २० फागुन – पूर्व डिआइजी एवम् ललितपुर–१ बाट चुनाव जितेका सांसद नवराज सिलवाल एकाएक सांसद भवनमा देखिएका छन् । माओवादी र एमालेका निर्वाचित सांसदले गर्न लागेको बैठकमा कुनै रोकतोक विना नै उनी संसद भवनमा थिए ।किर्ते कागज बनाएर कार्य मूल्यांकन गरेको आरोप लागेको सिलवाललाई प्रहरीले खोजीको सूचीमा राखेको थियो । तर, उनी नेता माधवकुमार नेपालसँग यताउता गरिरहँदा कसैले रोकेनन् ।लामो समयदेखि किर्तेको मुद्दामा फसेका सिलवाल कम्युनिस्ट सरकार नबन्दासम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् तर सामाजिक सञ्जालका माध्यमबाट बेलाबेलामा आफ्ना अभिव्यक्ति दिइरहेका थिए ।यतिबेला उनको मुद्दा थन्किएर बसेको छ भने अर्का निर्वाचित सांसद रेशम चौधरी भने यतिबेला कारागारमै आजै साँझदेखि अनशन बसेका छन् ।चौधरीले कैलाली – १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । तर, चौधरीलाई भने अझैसम्म निर्वाचित भएको प्रमाणपत्र पनि दिइएको छैन ।रेशम चौधरीले घटना भएको झण्डै तीस महिनापछि फागुन २४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?