काठमाडौँ, २० फागुन- नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी अस्पतालबाट घर फिर्ता भएका छन् ।ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हर्नियाको शल्यक्रिया गराएका नेता अधिकारी आज चिकित्सकको सल्लाहमा घर फिर्ता भएको उनका स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।हर्नियामा समस्या आएपछि शुक्रबार उनी अस्पतालमा भर्ना भई शल्यक्रिया गराएका थिए । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया