मनोनित तीन राष्ट्रियसभा सदस्यको सुनुवाइ स्थगित

काठमाडौं, २० फागुन । सर्वोच्च अदालतमा राष्ट्रियसभा सदस्यमा मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ तीन जनाको नियुक्ति बदरको माग गर्दै परेको मुद्दामा न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बहस सुरु भएपनि निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता बाबुराम जोशीले दुबै न्यायाधीशले सो मुद्दा हेर्न नमिल्ने बताएपछि बहस स्थगित भएको हो न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता भएकाले ओली सरकारले गरेको सिफारिसको मुद्दा हेर्न नमिल्ने बताएका थिए त्यसलगत्तै बहस रोकिएको हो । देउवा सरकारको सिफारिस रद्द गर्दै ओली सरकारले राष्ट्रिय सभा सदस्यमा डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलको नाम सिफारिस गरेको थियो राष्ट्रपतिले देउवा सरकारको सिफारिस रोकेर राखेपनि ओली सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्य मनोनित गरेपछि देउवा सरकारले सिफारिस गरेका तीन जना सर्वोच्च गएका थिए सर्वोच्चले तीन जनाको सपथ रोक्न अन्तरिम आदेश दिइसकेकाले उनीहरु शपथ ग्रहण गर्न पाउने छैनन् । सिफारिस भएकामध्ये डा.खतिवडा अर्थमन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?