काठमाडौं, २० फागुन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सातौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । झण्डै २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्री समेत भए २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा भट्टराई सक्रिय रहँदै आएका थिए । उनी २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए दोस्रो पटक उनी २०५६ सालको आम निर्वाचनपछि प्रधानमन्त्री भए । तर आफ्नै पार्टीबाट सहयोग नपाएपछि उनी राजीनामा दिन बाध्य भए प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया