काठमाडौं । चीन र ताइवान बीचको तनाव चरम उत्कर्षमा पुगेको छ । ताइवानका रक्षा मन्त्रीले आकाशमा उडान भरिरहेको फाइटर जेट, युद्धक ट्यांक, समुन्द्रका जंगी जहाजको तयारी गरिरहेको भिडियो शेयर गर्दै चीनलार्य चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उक्त भिडियो शेयर गर्दै उनले लेखेका छन्, राष्ट्रको सुरक्षामा हाम्रो प्रतिवद्धतामाथि अण्डरस्टीमेट नगरौँ, हामी पूरा तयारीमा छौँ ।

अहिले चीन र ताईवानबीचको तनावमा दुबै देशले सीमामा आफ्नो सैन्य शक्ति बढाएका छन् । त्यसपछि ताइवानले चेतावनी दिँदै आईरहेको छ ।

चीन र ताइवानको बीचमा तनाव अमेरिकी मन्त्रीको ताइवान भ्रमणका कारण शुरु भएको थियो ।

साथै ताइवानले अमेरिकासँग ६२ अर्ब डलरमा एफ १६फाइटरजेट किन्ने सम्झौता पछि विवाद झनै चुलिएको हो ।

चीनको विरुद्धमा रहेको अमेरिका पनि ताइवानलाई साथ दिँदै आएको छ । केहि दिन अगाडि मात्र ताइवानलाई अमेरिकाले आफ्ना लडाकू विमान सहयोगका लागि ताइवान पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यस्तै अमेरिकी उप विदेशमन्त्री क्लार्कले ताइवानको सुरक्षा अमेरिकाले जसरी पनि गर्ने बताइसकेका छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया