एमाले–माओवादी सांसद्को संयुक्त प्रशिक्षण बानेश्वरमा

काठमाडौं, १९ फागुन । एमाले र माओवादीका संघीय सांसदहरुको संयुक्त प्रशिक्षण सुरु भएको छ चुनावमा मोर्चाबन्दी गर्दै पार्टी एकताको प्रक्रियामा अघि बढेका दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन संयुक्त प्रशिक्षणको आयोजना गरिएको हो संघीय संसदका सांसदहरुले आइतबार शपथ लिने कार्यक्रम रहेको छ । त्यसको पूर्वसन्ध्यामा नयाँ वानेश्वरस्थित संसद भवनमा संयुक्त प्रशिक्षणको आयोजना गरिएको हो संसद् बैठकमा प्रस्तुत हुने तरिका सिकाउन र दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन एमाले–माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षणको आयोजना गरिएको एक नेताले जानकारी दिए सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?