काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई कोरोना रोकथामका लागी विस्तृत योजना तयार पार्न निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कोरोना अनियन्त्रित हुँदै गएको भन्दै रोकथामको लागि विषेश रणनीति तयार पार्न निर्देशन दिएका हुन् ।
बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले आगामी बिहीवार बस्ने मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया