पार्टीभित्रको संकट समाधानको लागि स्थायी कमिटी बैठक तुरुन्त सुचारु गरौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको संकट समाधानको लागि स्थायी कमिटी बैठक तुरुन्त सुचारु गर्न आग्रह गरेका छन् । लामो समयपछि गत असार १० गतेबाट बसेको बैठक बिना निष्कर्ष स्थागित बन्दै आएको छ । पार्टीका दुइ अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको दूरी बढिरहेका बेला स्थायी कमिटी र सचिवालय समेत बसेपनि कुनै निष्कर्ष निस्किन सकेको छैन् ।

यसैक्रममा प्रवक्ता श्रेष्ठले हालको आवश्यकता अनुसार शिर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्न साथै बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकाल्न समेत सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, “म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं।”

साथै उनले यथास्थितीमा गुणात्मक परिवर्तन गर्दै अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरि अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकाल्न आग्रह गरेका छन् । “यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ । “उनले भने ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् :

म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं। यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ । पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं ,ब्यक्तिको हार र जीतको बिषय होइन ।पार्टी , कम्युनिष्ट आन्दोलन ,देश र जनतालाई बिजयी बनाऔं ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, बैचारिक,‬ ‪सैध्दान्तिक , राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं । ‬

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?