काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणको कारण दुइ पटकसम्म नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन रोकिएको छ । साउन २६ र २७ गते तोकिएको महासंघको ५४ औं वार्षिक साधारण सभा स्थगित भएपछि निर्वाचनको मोडालिटी र मिति तय गर्ने तयारी भइरहेको छ ।
कोरोना महामारी न्यूनिकरणको लागि लाग्दा लाग्दै आफूलाई पनि कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । हिजो (साउन २३) गते आफूमा कोरोना संक्रमण पुष्टि भएसँगै होटेल सिटि प्यालेसको आइसोलेसनमा सकुसल रहेको समेत उनले बताएका छन् ।

साथै उनले संक्रमणमा परेका सबैजनामा नआत्तिन र अन्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्दै स्वास्थ्य सर्तकता अपनाउन अपील गरेका छन् ।
श्रेष्ठको उक्त स्ट्याटसमा उद्योग वाणिज्य महासंघका जिल्ला नगर, वस्तुगत तथा अन्य सदस्यहरुले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया