काठमाडौंमा शनिवार एकैपटक ५६ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा एकैपटक ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, पाटन अस्पताल, ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५ जना, वीर अस्पताल, काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २९ जना, स्टार अस्पताल प्रयोगशाला , सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षण्मा काठमाडौंका २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जनामा गरि पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (शनिवार) थप ३७८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

नेपालमा हिजो (शुक्रवार) ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?