काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको औषधि नपाइने जस्तै भएको बताएका छन्।
उनले सामाजिक सञ्जल ट्वीटरमा यस्तो आक्रोश पोखेका हुन् ।
नेकपाको विवादका पछिल्ला गतिविधि हेर्दा २०५४ सालको झझल्को आउन थालेको उल्लेख गर्दै उनले ट्वीटरमा लेखेका छन्, ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’ ।
साथै बाँस्कोटाले, बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ छ ? भन्ने प्रश्न समेत गरेका छन् ।
०५४काे झझल्को पाे आउन थाल्याे त नेकपामा।बरु काेरनाकाे ओखती फेला पर्ला नेकपा झगडाकाे ओखती कमसेकम काठमाडौंमा चै नपाइने भाे जस्ताे छ।बिहान मिलेकाे कुरा बेलुका भत्काइ दिने कन्ट्राेल कक्ष कहाँ रहेछ।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 7, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया