ललितपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुर जिल्लामा बितेको २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ३ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाटन अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणको क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो पनि
नेपालमा कोरोनाको कारण एकैपटक ५ जनाको मृत्यु, को कहाँका हुन् ? (सूचीसहित)

नेपालमा बितेको २४ घण्टामा थप ५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ३ जना, सिरहा र सर्लाहीका १/१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ९ माइस्थान वस्ने वर्ष ४५ का एक पुरुष को मिति २०७७ साउन २२ गते दिउंसो ३ः ३० बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनी श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचार गराइरहेकोमा साउन १७ गते कोरोना पुष्टी भएकाले थप उपचारका लागी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा रेफर भई आइसियु मा उपचाररत थिए ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ११ श्रीपुर वस्ने वर्ष ७९ का एक पुरुषको मिति २०७७ साउन २० गते राती घरमै दुखद निधन भएको छ । निधन पछि साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा निजको स्वाव नमुना परिक्षण गर्दा साउन २२ गते कोरोना पुष्टी भएको ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ११ श्रीपुर वस्ने वर्ष ५७ का एक पुरुषको मिति २०७७ साउन २२ गते विहान ९ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा दुखद निधन भएको छ । मधुमेह, उच्च रक्तचाप तथा मुटुका रोगी उनी उच्चज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या लिई मिति २०७७ साउन २० गते अस्पताल भर्ना भई भेन्टीलेटरमा उपचार लिइ रहेकोमा साउन २१ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन २२ गते कोरोना पुष्टी भएको थियो ।

त्यस्तै सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नं १२ वस्ने वर्ष २५ का एक पुरुषको मिति २०७७ साउन २२ गते राती १०ः ४५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुखद निधन भएको छ । मृगौलाका विरामी उनी जनकपुर अस्पतालबाट २०७५ असार १८ देखी डाइलाइसिस गरिरहेका र उनको २०७७ साउन १९ गते उनको स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन २१ गते कोरोना पुष्टी भए पछि थप उपचारको लागी साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रेफर गरिएको थियो ।

त्यस्तै सर्लाही जिल्ला वसन्तपुर स्थायी घरभएका वर्ष ४५ का एक पुरुषको मिति २०७७ साउन २३ गते विहान ८: ४१ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुखद निधन भएको छ । गत साउन १९ गते कुकुरले टोकी अस्पतालमा भर्ना भएका उनलाई रेविजको शंका गरिएको थियो । उनको स्वाव नमुना संकलन गरी परिक्षण गर्दा आजै कोरोना पुष्टी भएको ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?