काठमाडौं । काठमाडौं उपत्यकामा बिहीवार एकैपटक अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
बिहीवार काठमाडौं उपत्यकामा एकैपटक ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौंका ७६, ललितपुरका १० र भक्तपुरका एक जना रहेका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १५, ललितपुरका २ र भक्तपुरका १ जना, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ र ललितपुरका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना, किटजन्य रोग तथा अनुसनधन तालिम केन्द्र हेटौँडामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, बीआईडीएच ल्याब ललितपुरमा गरिएको स्वाब परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका १ जना र वीरेन्द्र अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जनामा गरि उपत्यकामा आज एकैपटक ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (बिहीवार) थप ३६० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।
नेपालमा हिजो (बुधवार ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया