पोखराका एक प्रहरी जवानमा देखियो कोरोना

कास्की । पोखरामा एक प्रहरी जवानमा कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की मातहतको नदीपुरस्थित अस्थायी प्रहरी बिटमा खटिएका एक प्रहरी जवानमा कोरोना पुष्टि भएको हो ।

संक्रमित प्रहरी जवानमा कुनै ट्राभल हिस्ट्री भने नरहेको जनाइएको छ भने उनीसँगैको सम्पर्कमा रहेका अन्य प्रहरीको स्वाब परीक्षणका लागि संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?