काठमाडौं । सरकारले भोलीदेखि सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गरेसँगै बाहिरबाट उपत्यका आउने सवारी आवागमनमा समेत कडाई गरेको छ ।
यस अघि नै सरकारले उपत्यका प्रवेश गर्ने नाकामा अत्यावश्यक बाहेक अन्य सबै यात्रुबाहक सवारी साधन बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि आवागमन निषेध गरेको थियो । आज एक सूचना जारी गर्दै उक्त नियमलाई कडाईका साथ लागू गर्ने निर्णय गरेको छ ।
भोलीदेखि लागू हुनेगरी काठमाडौं अनिवार्य र अन्य जिल्लाको हकमा कोरोना संक्रमणको २ सय जना भन्दा बढी सक्रिय संक्रमित भएमा सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गरेको हो । साथै ती जिल्लाका शहरी इलाकामा बेलुका ९ बजेदेखी बिहान ७ बजेसम्म आवागमन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया