काठमाडौं । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साकी १८ वर्षीया युवती, पर्साकै अर्का ४६ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं ९ निवासी १८ वर्षीया युवती रहेकी छिन् । उनको साउन १९ गते सोमवार मृत्यु भएको हो । झाडापखालाको कारण सिकिस्त बिरामी उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको लागि लैजाने क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणको आशंकामा नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ५ बस्ने वर्ष ४६ का पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको हो । उनको आज बिहान ६ बजे अस्थायी कोभिड अस्पतालमा दुखद निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया