नेपाल आयल निगमको देशभरका डिपो प्रमुखहरुको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल आयल निगमले देशभरका आफ्ना विभिन्न शाखाको कर्मचारीहरुको पदस्थापन तथा सरुवा गरेको छ । निगमले देशभरका केन्द्रीय, प्रादेशीक र शाखा कार्यालयहरुलाई पदस्थापन तथा सरुवा गरेको हो ।

निगमका अनुसार लामो समय एउटै विभागमा कार्यरत तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा रहेकाहरुको सरुवा गरिएको हो ।

कर्मचारी प्रशासन विनियमावलीअनुसार इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुख पूर्णप्रसाद रिजाललाई प्रशासन विभागको सरुवा गरिएको छ । भने उनको ठाउँमा विराटनगर प्रादेशिक डिपो प्रमुख अशोक शाहलाई पदस्थापन गरिएको निगमले जनाएको छ ।

त्यस्तै नेपालगन्ज डिपो प्रमुखमा कमला न्यौपाने सरुवा भएकी छिन् । उनी यसअघि केन्द्रीय कार्यालयमा थिइन् । प्रादेशिक कार्यालय सुर्खेतका प्रमुखमा शिवराज भण्डारीको सरुवा भएको छ ।

त्यस्तै दीपक घिमिरेको प्रधान कार्यालय आएका छन् । यस्तै ७ नम्बर प्रादेशिक डिपो धनगढीमा सीतारञ्जन दासलाई पठाइएको छ भने सो कार्यलयमा रहेका सर्पराज शर्मा भैरहवा सरुवा भएका छन् ।

त्यस्तै नकुल भण्डारीलाई प्रदेश १ वितरण डिपो विराटनगरको प्रमुखको जिम्मेवारी दिइएको छ । भने प्रदेश ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा प्रमुखमा प्रलयंकर आचार्य ल्याइएको छ । भने भैरहवाका कार्यालय प्रमुख सुरज शाहलाई केन्द्रीय कार्यालयको गुणस्तर नियमन विभागमा पदस्थापन गरिएको निगमले जनाएको छ ।

त्यस्तै आन्तरिक नियन्त्रण तथा नियमन शाखाको जिम्मेवारी वीरेन्द्र गोइतलाई दिइएको छ । भने एलपिजी ग्यास तथा एभिएसन विभाग प्रमुख निर्देशक दीपक बराललाई वितरण विभाग प्रमुख बनाइएको छ । साथै बरालको ठाउँमा नेत्र काफ्लेलाई ल्याईएको छ ।

त्यस्तै अमलेखगन्ज, बागमती प्रदेश इन्धन डिपो, थानकोट डिपो प्रमुख प्रदीप यादव, गण्डकी प्रादेशिक कार्यालय, कास्की पोखरा र प्रदेश दुई डिपो महेन्द्रनगरका प्रमुखको भने सरुवा नभएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?