काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत पक्राउ परेका छन् । स्रोत नखुलेको नगद सहित रुपन्देहीमा आज उनीहरु अख्तियारबाट पक्राउ परेका हुन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायाले श्रोत नखुलेको नगद रकम ३,४८,००० र विभिन्न मितिको बैंक भौचर रकम ५,५०,००० सहित रुपन्देहीको सालझन्डीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नियन्त्रमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया