ओली-प्रचण्ड भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री एवम सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको आजको भेटमा सचिवालय बैठक गर्ने प्रस्ताव गरेका छन् ।

प्रचण्डले भने सचिवलय भन्दा स्थायी कमिटि बैठक बोलाउन जोड दिएका छन् । तर ओलीले भने पार्टीभित्रको आन्तरिक विवाद सचिवालयमा छलफल गरी स्थायी कमिटिमा लैजाने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए।

यस अघि आइतबार पनि प्रधानमन्त्री ओलीले सचिवालय बैठककै प्रस्ताव गरेका थिए।

अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने जवाफ दिएका छन्।

सचिवालयमा आफ्ना पक्षमा बहुमत पुग्ने भएपछि पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठकका पक्षमा छन् भने प्रचण्ड स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन्।

यसअघि एक सातापछि हिजो (आईतबार) बालुवाटार पुगेर ओलीसँग प्रचण्डले भेट गरेका थिए । प्रचण्ड निकट स्रोतले हिजोको वार्ता विनानिष्कर्ष सकिएतापनि केहि महतवप्रूर्ण ‘ईस्यू’ मा छलफल भएको जानकारी दिए । हिजो (आईतबार) को बैठक केहि सकारात्मक भएको ‘संकेत’ मिलेको प्रतिक्रिया दिएका थिए ।

करिब ३ घण्टा लामो ओली प्रचण्ड बैठकमा पूर्व एमालेका नेताद्वय झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि सहभागि भएका थिए । हिजो बालुवाटारमा दुई नेता खनाल र नेम्वाङ ‘साक्षी’ राखेर दुई अध्यक्षहरुबीच के कुरा भयो भन्ने बाहिर नआएतापनि ३ घण्टा लामो छलफल भएको थियो ।

यसैबीच हिजो आईतबार मध्यान्हतिर ओलीलाई बालुवाटारमा भेटेर निस्किएका प्रचण्डले साँझपख फेरि आफूनिकटका सँगै छुट्टै बैठक गरेका छन् ।

खुमलटारमा प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग छलफल गरेका हुन् । सो क्रममा उनले ओली सहमतिमा आउन नचाहेको बताएका थिए ।

प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग खुमलटारमा छलफल गरेका हुन् । सो छलफलमा ओलीसँगको कुराकानीमा आफूले नियमित बैठक नरोक्न र उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उनी सकारात्मक नभएको प्रचण्डले बताएका थिए ।

यो पनि
आज पनि हुँदैछ ओली प्रचण्डको ‘मिटिङ’, फुक्ला त गाँठो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?